बारामा पनि मनाइयो ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 435 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारामा पनि विभिन्न कार्यक्रम गरि ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।

बाराको सदरमुकाम कलैया स्थित रहेको धार्मिक एवम् पर्यटकिय स्थल सिदेश्वर मन्दिर प्राङ्गणमा बृहत सरसफाइ गरिएको छ ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा कलैया उपमहानगरपालिकाले सिदेश्वर मन्दिरमा बृहत सरसफाइ कार्यक्रम आयोजना गरिएको हो ।

उक्त वृहत् सरसफाइ कार्यक्रममा नेपाली सेना,नेपाली प्रहरी,सशस्त्र प्रहरी,नगर प्रहरी समाजसेवीहरु लगायतको सहभागिता रहेको थियोे ।

त्यस्तै कलैया उपमहानगरपालिका का नगर प्रमुख विनोद प्रसाद साहले उपमहानगरको प्राङ्गणमा नेपाली झण्डा उत्तोलन कार्यक्रम गरेका थिए ।

उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नाथु साह,जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले,श्री ज्वाला दल गण ब्रहमपुरी ब्यारेक का प्रमुख सेनानी,सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक,बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने,कलैया उपमहानगर – वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख अनिल पाण्डे र समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियोे ।

यससँगै बाराको १६ वटै स्थानीय तहले विभिन्न कार्यक्रम आयोजना गरी ७४ औं प्रजातन्त्र दिवस मनाएका छन् ।

संदिप प्रसाद यादव

TAGGED:
समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न