रामनगरमा यही माघ १९ र २० गते वृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने

सन्तोष पाण्डे
सन्तोष पाण्डे 208 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा यही माघ १९ र २० गते वृहत सांस्कृतिक कार्यक्रम २०८० को कार्यक्रमको आयोजना हुने भएको छ ।

नेपाल तामाङ्ग घेदुङ्ग संघ जिल्ला समन्वय समिति बाराको आयोजनामा २८६० औँ सोनाम ल्होछारको पावन अवसरमा उक्त वृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

आईतवार कार्यक्रम स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले कार्यक्रमको विस्तृत जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष सुर्य घलानले दिने उदेश्यले वृहत सांस्कृतिक कार्यक्रमका वारे जानकारी दिएका छन ।

तामाङ्ग समुदायको धार्मिक,सांस्कृति र परम्परालाई जर्गेना गर्ने मुख्य उदेश्यका साथ आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन माघ १९ गते जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गर्ने कार्यक्रम रहेको छ ।

दुई दिनसम्म उक्त कार्यक्रममा शुभकामना आदानप्रदान,र्‍याली, तामाङ्ग समुदायहरुको सांस्कृतिक झल्किने विभिन्न झाँकी,कला सहित राष्ट्रिय तथा स्थानीय तामाङ्ग कलाकारहरुको प्रस्तुति समेत रहने अध्यक्ष घलानले बताएका छन ।

सांस्कृतिक कार्यक्रमको कुल अनुमानित खर्च रु १० लाख हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको समापन माघ २० गते नेपाल तामाङ्ग घेदुङ्ग संघका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङ्गले गर्ने जिल्ला अध्यक्ष घलानले पत्रकार सम्मेलनमा जानकारी गराए ।
पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भीम बहादुर गंतान तामाङ्ग सहित नेपाल तामाङ्ग घेदुङ्ग संघ बाराका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सन्तोष पाण्डे

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न