धिरेन्द्र पनुहर/
नेपाल रेडक्रस सोसाइटी सपही शाखाले ३० जना अति बिपन्न दलित गरिब र एकल महिलाहरुलाई शीत लहर र जाडोबाट बाच्नको लागि कम्बल बितरण गरिएको छ ।
सोमवार आयोजित एक कार्यक्रमवीच कोल्हवी नगरपालिका वडा न २,३ र ४ का अति बिपन्न दलित गरिब र एकल महिलाहरुलाई उक्त कम्बल वितरण गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी सपही उपशाखाका सभापति बाबुराम गिरीको अध्यक्षतामा भएको उक्त वितरण कार्यक्रममा कोल्हवी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष बिषणु मैनाली,२ का वडा सदस्य सल्मा भुजेल,रेडक्रस सपहीका सदस्य बिशुनदयाल चौधरी,रघुबन्स चौधरी,सुमिन्त्रा गिरी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
केही सातादेखी मध्य तराईका जिल्लाहरुमा शीतलहर बढ्दै गईरहेका बेला कम्बल प्राप्त गरेपछि सेवाग्राहीहरु खुशी हुँदै घर फर्केका थिए ।