नेपाल प्रेस युनियनद्वारा विभिन्न १५ वटा विभागहरु गठन

सन्तोष पाण्डे
सन्तोष पाण्डे 121 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नेपाल प्रेस युनियनले विभिन्न विभागहरु गठन गरेको छ ।

युनियनका अध्यक्ष शिव लम्सालले युनियनका केन्द्रीय पदाधिकारीहरुको नेतृत्वमा १५ विभागहरु ग्ठन गरिएको छ ।

युनियनको विधान २०४८ (छैटौँ संशोधन– २०७९) परिच्छेद ४,धारा २८ बमोजिम युनियनका १५ वटा विभिन्न विभागहरू गठन गरिएको अध्यक्ष लम्सालले बताएका छन ।

गठित विभागमा पदाधिकारीहरुलाई नै मुख्य जिम्मेवारी दिईएको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष प्रेम केसीलाई अनुशासन विभागलको जिम्मेवारी दिईको छ ।

यस्तै उपाध्यक्षहरु नकुल अर्याललाई प्रशिक्षण विभाग,भीष्मराज ओझालाई समन्वय विभाग, दिपेन्द्र बान्तवालाई प्रकाशन तथा प्रचार विभागको जिम्मेवारी दिईएको हो ।

यसैगरी उपाध्यक्ष सलोजा दाहाललाई महिला विभाग,जीवन भण्डारीलाई विधागत पत्रकारिता प्रवद्र्धन विभिाग,माधव अर्याललाई आचार संहिता कार्यान्वयन विभागको संयोजकको जिम्मेवारी दिईएको युनियनले जनाएको छ ।

त्यसैगरी उपाध्यक्ष ऋषिकान्त पौडेललाई प्रेस स्वतन्त्रता अनुगमन विभाग,डा.मुरारी अधिकारीलाई कानुन विभिाग,राजेन्द्र कार्कीलाई ट्रेड युनियन प्रवद्र्धन विभाग,अनिल कुमार कर्णलाई पत्रकारिता अनुसन्धान विभाग,डिल्लीराम खतिवडालाई श्रमजीवी पत्रकार हकहित संरक्षण,प्रेम चुनारालाई दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवद्र्धन विभागको संयोजकको जिम्मेवारी तोकिएको छ ।

यता महासचिव दिलीप पौडेललाई संगठन विभाग प्रमुख र कोषाध्यक्ष माधव धिताल आर्थिक विभाग संयोजकको जिम्मेवारी दिईएको छ ।

युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास गर्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,लोकतन्त्रको प्रवद्र्धनमा नेपाल प्रेस युनियनको महत्वपुर्ण भुमिका रहेकाले विभागहरु गठन गरिएको अध्यक्ष लम्सालले बताएका छन ।

सन्तोष पाण्डे

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न