साझेदारी संवाददाता/
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल् जिल्ला कार्यसमिति बारा पर्साको ३२ औँ बार्षिक साधारणसभा बाराको निजगढमा सम्पन्न भएको छ ।
श्रीकृष्ण प्रणामी मन्दिर आनन्द भुमी निजगढकामा शुक्रवार आयोजित उक्त साधारणसभाको श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको केन्द्रिय सदस्य शुदर्सन प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो ।
श्रीकृष्ण प्रणामी सेवा समिति जिल्ला कार्यसमिति बारा पर्साका अध्यक्ष अर्जुन प्रसाद घिमिरे को अध्यक्षय्तामा सम्पन्न उद्घाटन समारोहमा आनन्द भुमी निजगढका महन्त श्री कुशल दास बरालज्युको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य रामाज्ञा प्रसाद साह,निजगढ नगरपालिका वड वडा नं. ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना,कृष्ण प्रणामी युवा परिषदका केन्द्रिय सदस्य दिपक सापकोटा,बारा जिल्ला अध्यक्ष सुमन सुवेदी लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा ईकाई अध्यक्षहरु प्रणामीनगरका यादब तिमल्सिना,आन्न्दभुमीका नवराज तिमल्सिना, सिङौल अध्यक्ष छबिलाल तिमल्सिना,सिमरा औराहाका मधुसूदन सिटौला, मधुवन नयाबस्तीका होमनाथ उप्रेती,पिलुवा सतसंङ्गका बिनोद कार्की,कलैया मन्दिरका नवलकिसोर पटेल,बिरगंज मन्दिरका राजसुन्दर साह,सपही सतसंङ्ग समितीका कृष्ण प्रसादः देवकोटाले आफ्ना ईकाइ मन्दिरहरुमा भएका गतिविधिहरुवारे बार्षिक प्रतिबेन तथा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम संचालन जिल्ला सचिव कृष्ण देबकोटाले गर्नुभयको थियो भने स्वागत मन्तवय जिल्ला समितिका धार्मिम उपाध्यक्ष ऋषि अगस्तिले गर्नु भएको छ ।