श्रीकृष्ण प्रणामी मन्दिर समितिद्धारा उपराष्ट्रपति यादवको स्वागत तथा सम्मान

साझेदारी दैनिक
साझेदारी दैनिक 398 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सन्तोष पाण्डे/
उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ नयाँवस्तीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर समितिले सोमवार स्वागत तथा सम्मान गरेको छ ।

उक्त अवसरमा उपराष्ट्रपति यादवले मन्दिरको दर्शन गर्दै आरती गर्नुभएको छ । सो अवसरमा बोल्दै उपराष्ट्रपति यादवले ऐतिहासिक एवम धार्मिक महत्वका कारण बारा जिल्ला पर्यटनको प्रचुर संभावना रहेको बताउनुभयो ।

जिल्लामा गढीमाई, कंकाली मन्दिर लगायतका विभिन्न स्थानहरुमा कृष्ण प्रणामी मन्दिर, महादेश तथा शिव मन्दिर भएकाले ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताउदै यी धार्मिक क्षेत्रहरुको संरक्षण,सम्वद्र्धन र पर्यटनसंग जड्नका निम्ति आफ्नो पहलकदमी रहने उपराष्ट्रपतिले यादवले प्रतिवद्धता जनाउनु भएको छ ।

उपराष्ट्रपति यादवले धार्मिक स्थालहरुको विकास गर्दै पर्यटनको प्रचुर सम्भवना बोकेको जिल्ला भएको हुदा बारालाई पर्यटनसंग जोडने काममा ध्यान केन्द्रित हुने बताउनुभयो ।

यता कृष्ण प्रणामी मन्दिरमा आयोजित कार्यक्रमा प्रदेशसभा सदस्य सारदाशंकर कलवार, पुर्व अर्थ राज्यमन्त्री उषा यादव लगायतको उपस्थिति रहेको थियो । कृष्ण प्रणामी मन्दिर सेवा समितिका अध्यक्ष होमनाथ उप्रेती अध्यक्षतमा उक्त सम्मान कार्यक्रम गरिएको थियो ।

सहित मन्दिर संचालन समिति सहित कृष्णप्रणामी सम्प्रदायले उपराष्ट्रपति यादवलाई सम्मान गर्दै भव्य रुपमा स्वागत गरेको मन्दिर संचालक समितिका सहसचिव चन्द्र प्रसाद गौतमले जानकारी दिएका छन। उपराष्ट्रपति रामसहाय प्रसाद यादव यसै निर्वाचन क्षेत्र बारा २ बाट निर्वाचित भई १० दलको सर्मथनमा उपराष्ट्रपति बन्नुभएको हो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न